- असार ३१, २०८२
- No Comment
- 167
साफ यू -२० महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका आमनेसामने

बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा जारी साफ यू(२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल र श्रीलंका आज प्रतिस्पर्धा गर्दै छन्। खेल नेपाली समय अनुसार साँझ ६स्४५ बजे सुरु हुनेछ।
नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा मैदान उत्रन लागिरहेको हो। अघिल्ला दुई खेलमध्ये नेपालले भुटानलाई ६-१ ले हराएको थियो भने घरेलु टोली बंगलादेशसँग ३(२ को हार बेहोरेको थियो।
त्यसैगरी, श्रीलंका प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको छ। उसले पहिलो खेलमा बंगलादेशसँग ९-१ र दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको छ।
हालसम्म बंगलादेश दुई खेलमै जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा छ। नेपाल र भुटानको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ।
साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल, बंगलादेश, श्रीलंका र भुटानले सहभागीता जनाएका छन्। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा चलिरहेको छ, जसअनुसार सबै टोलीले एक अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अन्त्यमा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन घोषित हुनेछ।
नेपालले श्रीलंकासँग आजको खेलपछि जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ। बाँकी खेलहरू जित्दै गोलअन्तरमा पनि सुधार गर्न सकेमा नेपालले उपाधि जित्ने सम्भावना कायमै रहनेछ।



