• असार ३०, २०८२
  • No Comment
  • 143

नेविसंघका दर्जनौँ नेता पक्राउ, तत्काल रिहाइको माग

विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघले पक्राउको विरोध गरेको छ । तत्काल पक्राउ परेकाहरूलाई रिहाइ गर्न समेत माग गरेको छ । नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गरेका हुन् । नेपाल कमर्श क्याम्पस इकाइले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, ‘विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने’ र ‘शिक्षक नियुक्ति १)) प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने’ जस्ता माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेको थियो । सोही क्रममा नेपाल प्रहरीले धरपकड गरी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको थियो ।
नेविसंघले शान्तिपूर्ण रूपमा आफ्ना शैक्षिक माग राख्दा गरिएको गिरफ्तारीलाई ‘अत्यन्तै निन्दनीय’ भनेको छ । ‘गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न नेपाल सरकारसँग नेपाल विद्यार्थी सङ्घ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *