• असार २५, २०८२
  • No Comment
  • 148

सुर्खेतकाे भेरी नदीमा हाम फालेर ६० वर्षीय पुरुष बेपत्ता 

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित भेरी नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन्। गुर्भाकोट नगरपालिका-११, सिमखोलीका ६० वर्षीय गोपाल वलीले मंगलबार दिउँसो पुलबाट नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, मंगलबार दिउँसो अन्दाजी २:२० बजेको समयमा वलीले गुर्भाकोट नगरपालिका-१०, भेडाबारीस्थित भेरी नदीको पुलबाट हाम फालेका थिए। घटनाबारे दिउँसो २:३५ बजे प्रहरी चौकी मेहलकुनामा जानकारी प्राप्त भएको थियो।

खबर पाउनासाथ प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) भुपेन्द्र अधिकारीको कमाण्डमा ५ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।  

वर्षायामका कारण भेरी नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ। वलीले के कारणले पुलबाट हाम फाले भन्नेबारे खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *