• असार २५, २०८२
  • No Comment
  • 164

पहिरोले कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध

बागलुङ – लगातारको वर्षाले बागलुङ खण्डअन्तर्गतको कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खसेपछि करिडोरमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङ क्षेत्र आसपासमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। “वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन सकिने अवस्था छैन,” पाण्डेले बताए, “पानी रोकिएपछि मात्रै पहिरो पन्छाउने काम सुरु हुन्छ।”

सडकको केही स्थानमा भासिएको समेत जानकारी दिँदै प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

स्थानीय बासिन्दा र यात्रुहरू पहिरोका कारण हैरानीमा परेका छन् भने सुरक्षा निकाय र सम्बन्धित निकायले अवस्था मूल्यांकन गर्दै आवश्यक उपकरणसहित उद्धार र मरम्मतको तयारी गरिरहेका छन्।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *