• असार २४, २०८२
  • No Comment
  • 109

नेपाल टेलिकमको नेटवर्कमा प्राविधिक समस्या 

 सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नेटवर्कमा पछिल्ला दुई दिनदेखि समस्या आइरहेको छ। सोमबारदेखि पटक–पटक सेवा अवरुद्ध हुँदा फोन नलाग्ने, इन्टरनेट स्लो हुने तथा अन्य सेवाहरू प्रभावित भएका छन्।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार सोमबार दुई पटक र मंगलबार पनि दुई पटक नेटवर्कमा समस्या देखिएको हो। उक्त समस्या अनलाइन चार्जिङ बिलिङ (OCS) प्रणालीको इन्टरफेस युनिटमा आएको प्राविधिक खराबीका कारण देखिएको उनले जानकारी दिए।

“प्राविधिक विषय भएकाले समस्या के–कारणले आयो भनेर हामी डाइग्नोसिस गरिरहेका छौं, अहिले चाहिँ सिस्टम चलिरहेको छ,” प्रवक्ता मानन्धरले बताए।

यता, टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहितका उच्च अधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि एकाएक नेटवर्क अवरुद्ध हुनुले कतिपयले शंका व्यक्त गरिरहेका छन्। तर, प्रवक्ता मानन्धरले यो केवल संयोग मात्र भएको भन्दै त्यससँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।

टेलिकमले समस्या समाधानका लागि प्रविधिक टोलीलाई परिचालन गरेको र छिट्टै सेवा सुचारु हुने जनाएको छ। यसबीच सेवाग्राहीहरू भने निरन्तर अवरुद्ध सेवाबाट हैरान भएका छन्।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *