- असार १५, २०८२
- No Comment
- 9
मुगु केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प

मुगु, — मुगु जिल्लामा आइतबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको झट्का मुगुका विभिन्न भागहरूमा महसुस गरिएको छ भने त्यसले आसपासका जिल्लामा पनि असर परेको जनाइएको छ। हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भइसकेको छैन।