• असार ९, २०८२
  • No Comment
  • 144

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन भएको लाखौं रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा आयोगले आज विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको हो।

आयोगका अनुसार, मुद्दा दायर गरिएकाहरूमा प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत बिलिङ कर्मचारी तृप्ती शाही ठकुरी र अस्पताल परिसरमा रहेको कुमारी बैंकको एक्स्टेन्सन काउन्टरकी तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगर रहेका छन्।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, उनीहरूले मिलेमतोमा अस्पतालको बिलिङ काउन्टरमा संकलित रकम बैंकमा दाखिला नगरी व्यक्तिगत फाइदाका लागि हिनामिना गरेको अनुसन्धानबाट खुलेको हो। तीनै जनाविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो असुलउपर गरी कानूनबमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरी सरकारी सम्पत्ति हिनामिना गरेको यस प्रकरणले सार्वजनिक संस्थाभित्रको आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *