• असार ९, २०८२
  • No Comment
  • 220

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन भएको लाखौं रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा आयोगले आज विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको हो।

आयोगका अनुसार, मुद्दा दायर गरिएकाहरूमा प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत बिलिङ कर्मचारी तृप्ती शाही ठकुरी र अस्पताल परिसरमा रहेको कुमारी बैंकको एक्स्टेन्सन काउन्टरकी तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगर रहेका छन्।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, उनीहरूले मिलेमतोमा अस्पतालको बिलिङ काउन्टरमा संकलित रकम बैंकमा दाखिला नगरी व्यक्तिगत फाइदाका लागि हिनामिना गरेको अनुसन्धानबाट खुलेको हो। तीनै जनाविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो असुलउपर गरी कानूनबमोजिम कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरी सरकारी सम्पत्ति हिनामिना गरेको यस प्रकरणले सार्वजनिक संस्थाभित्रको आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *