• जेष्ठ ३०, २०८२
  • No Comment
  • 216

एयर इन्डिया दुर्घटनामा नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको मृत्य

भारतको अहमदाबादमा बिहीबार भएको भीषण विमान दुर्घटनामा नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको ज्यान गएको पुष्टि भएको छ।

थापा एयर इन्डियामा क्याबिन क्रूका रूपमा कार्यरत थिइन्। दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्यहरूमध्ये उनी ‘गोर्खा क्याबिन क्रू’ की प्रतिनिधि थिइन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, मनिषा थापाको परिवार हाल बिहारमा बसोबास गर्दै आएको छ। उनले अर्थशास्त्र विषयमा स्नातक तहसम्मको पढाइ सकेपछि एयर होस्टेसको पेसा रोजेकी थिइन्। उक्त दुर्घटनामा चालक दलका सदस्यहरूसहित हालसम्म २४१ जनाको मृत्यु भइसकेको छ। एक जना मात्र यात्रु जीवित अवस्थामा उद्धार गरिएको जनाइएको छ।

मृत्यु हुने चालक दलका सदस्यमा क्याप्टेन सुमीत सभरवाल, रतनजीव कुन्दर, अर्पना अमोल महादिक, श्रद्धा महादेव धवन, दीपक बालासाहेक पाठक, इरफान समीर शैख, लमनुनथमी सिङगसन, सैनिता चक्रवर्ती, नानथोइ शर्मा कोङब्राइ, मैथिली मोरेश्वर पाटिल, मनिषा थापा र रोशनी राजेन्द्र सोङघारे रहेका छन्। दुर्घटनामा परेका सिङगसन र शर्मा भारतको मणिपुर राज्यका हुन् भन्ने पनि भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सम्बन्धित खबर

Online Gambling Enterprises That Approve PayPal Deposits

PayPal has actually become one of the most popular and relied on on-line repayment methods worldwide. This e-wallet service allows individuals…

Fortuna Casino: Analýza Tržního Hráče pro Český Hazardní Průmysl

Úvod: Fortuna Casino v Zorném Úhlu Analytika Pro analytiky v českém hazardním průmyslu představuje Fortuna Casino klíčového hráče, jehož výkonnost a…

OlyBet: Kompletní Průvodce Pro Zkušené Hráče v České Republice

Úvod: Proč by Vás OlyBet Měl Zajímati Pro pravidelné hráče v České republice je výběr online kasina klíčovým rozhodnutím, které ovlivňuje…

Leave a Reply

Your email address will not be published. Required fields are marked *