• जेष्ठ १४, २०८२
  • No Comment
  • 18

गृहमन्त्रीले संसदमा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने

काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा आफूलाई बोल्न नदिइए पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। भिजिट भिसा प्रकरणमा उनको सचिवालयमा कार्यरत व्यक्तिको नाम मुछिएपछि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्।

बुधबारको बैठक पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध भएपछि मन्त्री लेखकले पत्रकार सम्मेलन गर्नेबारे छलफल थालेका हुन्। उनले राजीनामा दिने होइन, तर भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे स्पष्ट पार्ने तयारी गरिरहेको स्रोतको भनाइ छ। यद्यपि, पत्रकार सम्मेलन कहिले गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको सचिवालयले जनाएको छ।

यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारी तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। उनको मोबाइल जफत गरी परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। अनुसन्धानपछि अख्तियारले उनलाई सोही दिन रिहा गरेको थियो।

यो घटनालाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले त उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत अघि सारेको छ।

संसदमा बहस हुन नदिइएको भन्दै गृहमन्त्रीको कार्यालयले वैकल्पिक रूपमा सार्वजनिक धारणा राख्ने तयारी थालेको हो।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *