• जेष्ठ १३, २०८२
  • No Comment
  • 105

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिकामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुखसमेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका निवासी तथा नेपाल टेलिकम बाजुरा कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको  मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्, उनीहरूको अहिले कोल्टीस्थित आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

जिप नेपाल टेलिकमको टावरमा सोलार प्यानल जडान गर्न पिलुचौरबाट गएको थियो। सोही क्रममा जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक  अनुसन्धान भएकाे प्रहरीले बताएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *