• जेष्ठ १२, २०८२
  • No Comment
  • 29

पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएकाे बलात्कार प्रकरणकी पीडित मृत फेला

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।
भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *