• जेष्ठ ११, २०८२
  • No Comment
  • 30

सल्यानमा जिप दुर्घटना: १२ जना घाइते

सल्यान। सल्यानमा यात्रुवाहक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आइतबार दिउँसो  रिमबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका–३ सातबास भन्ने स्थानमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार जिप दुर्घटनामा परेर १२ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये कपुरकोट गाउँपालिका–५ की १५ वर्षीया सपना बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको ढाड, टाउको र पेटमा चोट लागेको छ।

अन्य घाइतेहरूमा कपुरकोट गाउँपालिका–२ का ५५ वर्षीय गोरेलाल बोहोरा, कपुरकोट–४ की ४६ वर्षीया सीमा बुढा, कपुरकोट–५ का ३८ वर्षीय विजय बुढाथोकी, सोही ठाउँकी ६७ वर्षीया मनजिता बोहोरा, ३२ वर्षीया भिमा बुढा, चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशिना महतारा रहेका छन्। घाइतेहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ। जिप दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई सडकबाट खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *