• जेष्ठ ११, २०८२
  • No Comment
  • 103

निजामती सेवा विधेयकविरुद्ध कर्मचारी आन्दोलित 

काठमाडौँ । प्रस्तावित निजामती सेवा विधेयकमा समेटिएका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपालभरिका निजामती कर्मचारीहरू आन्दोलित भएका छन्। उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगाडि भेला भई विरोध प्रदर्शन गरेका हुन्।

आन्दोलनमा सहभागी कर्मचारीहरूले विधेयकले निजामती कर्मचारीहरूको वृत्ति विकास, सेवा सुविधा र सरुवा तथा बढुवासम्बन्धी व्यवस्था स्पष्ट र न्यायसंगत नभएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, विधेयकले कर्मचारीहरूको अधिकार कटौती गर्ने प्रयास गरेको छ।

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले प्रस्तावित विधेयक कर्मचारीहरूका लागि निराशाजनक भएको टिप्पणी गरे। उनका अनुसार, पाँच वर्ष सेवा गरेका कर्मचारीको एक तह र दश वर्ष सेवा गरेका कर्मचारीको एक श्रेणी बढुवा हुनु पर्ने व्यवस्था विधेयकमा स्पष्ट उल्लेख हुनुपर्ने माग गरिएको छ।

कटुवालले शाखा अधिकृतहरूले कम्तीमा पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम राखिनुपर्ने र अन्तर प्रदेश सरुवा सहज हुनुपर्ने आवश्यकता औंल्याए। उनले मेचीको कर्मचारीलाई दार्चुला पठाइने अवस्था सिर्जना गरेर कर्मचारीलाई परिवारबाट टाढा राख्ने प्रवृत्ति अनुचित भएको बताए। “कर्मचारी घर जान पाउने कि नपाउने?” भन्ने प्रश्न उनले सरकारसमक्ष उठाए।

प्रदर्शनकारीहरूले करारमा रहेका कर्मचारीहरूको अवस्थालाई समेत ध्यानमा राख्दै, उनीहरूले रित्तो हात घर फर्कन नपर्ने गरी स्थायीत्वको प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।

नेपाल निजामती कर्मचारी युनियनले देशभरका कर्मचारी ट्रेड युनियनहरू समेटिएको सञ्जालमार्फत ११ बुँदे माग अघि सारेको छ। ती मागहरू पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट सन्देश उनीहरूले दिएका छन्।

कार्यवाहक अध्यक्ष कटुवालले भने, “आजसम्म एउटै मुद्दा बोकेर हामी आन्दोलन गरिरहेका छौँ। ती मुद्दाहरू कर्मचारीहरूको अधिकार र भविष्यसँग गाँसिएका छन्। सरकारले हाम्रो आवाज नसुने कर्मचारी आन्दोलन अझ चर्किन सक्छ।”

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *