• जेष्ठ ११, २०८२
  • No Comment
  • 17

जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु

जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका छ उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । यद्यपि दुई जनाको मृत्यु भएको र एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *