• जेष्ठ ११, २०८२
  • No Comment
  • 81

बाढीपछिको १० दिनमा मात्र सिमीकोट पुग्यो प्रदेश सरकारको राहत

 सिमकोट। हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडित भएका स्थानीयहरूलाई कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री घटना भएको १० दिनपछि मात्र सिमीकोट  छ।

प्रदेश सरकारको तर्फबाट पठाइएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट), म्याट्रेस सेटलगायतका राहत सामग्री शनिबार सिमीकोट  पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो।

राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शंकर पोखरेल लगायतको टोलीले खार्पुनाथ गाउँपालिका–१ स्थित बोक्चेगौडाबाट बुझेर सिमीकोट  पु ल्याइएको हो।

बोक्चेगौडा सडक निर्माणको चरणमा रहेकाले सिधै सिमीकोट पुर्‍याउन सम्भव नभएपछि राहत सामग्री पहाडको भिरमा बोकाएर ल्याइएको थियो। सुरक्षाकर्मीहरूले समेत भारी बोकेर सामग्री ओसारेका थिए।

राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ। हाल तिल गाउँका १९ परिवारका ३३ जना बाढीले घर बगाएपछि त्रिपालमुनि अस्थायी रूपमा बस्दै आएका छन्।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *