• जेष्ठ १०, २०८२
  • No Comment
  • 16

जुम्लामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

जुम्ला।  जुम्लाको तिला गाउँपालिका–४ भोटचौरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ४४ वर्षीय रणबहादुर कुँवरको ज्यान गएको जुम्ला प्रहरीले जानकारी दिएको छ।

शुक्रबार तातोपानी गाउँपालिका–१ स्थित राँका गाउँबाट तातोपानी–७ सर्मीगाउँतर्फ धानको बेर्ना लिएर जाँदै गरेको अटो क १ ह ३१ नम्बर सडकबाट करिब ६० मिटर तल खस्दा दुर्घटना भएको हो।

प्रहरी चौकी कुडारीका हवलदार बैजु महतोका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक कुँवरलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला ल्याइएको थियो। उपचारको क्रममा बिहान ५:४० बजे उनको मृत्यु भएको अस्पतालले  घाेषणा  गरेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

प्रहरीले अटो दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *