• जेष्ठ ८, २०८२
  • No Comment
  • 26

जुम्लामा चट्याङ लागेर यार्सागुम्बा संकलनमा गएकी महिलाको मृत्यु

जुम्ला । जुम्लामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको बिहीबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीनबाबु रेग्मीका अनुसार शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा संकलनका लागि गएकी थिइन्। संकलनको क्रममा अपराह्न ४ बजेतिर चट्याङ लाग्दा घटनास्थलमै उनको ज्यान गएको जानकारी प्राप्त भएको छ।

प्रहरीका अनुसार घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाइएको छ।

हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *