• जेष्ठ ८, २०८२
  • No Comment
  • 131

मुगु कर्णाली नदीमा यार्सा संकलन गर्न गएका युवक बेपत्ता

मुगु । यार्सागुम्बु संकलन गर्न मुगुका एक युवक गएका बेला कर्णाली नदीमा खसेर बेपत्ता भएका छन्। मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका ४० वर्षीय सेराप साग्बु लामा बिहीबार साँझ यार्सा संकलनका लागि घरबाट निस्किएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार सेराप पाटन क्षेत्रतर्फ जाँदै गर्दा सिरानी चौरस्थित कर्णाली नदीमाथि राखिएको अस्थायी काठको पुलबाट चिप्लिएर नदीमा खसेका हुन्। घटना बिहीबार राति करिब ८:३० बजे भएको मुगुम कार्मारोङ गाउँपालिकाकी उपाध्यक्ष छिरिङ पुटिक तामाङले पुष्टि गरेकी छन्।

गाउँपालिकाले सर्वसाधारणका लागि जेठ १३ गतेबाट मात्रै यार्सा संकलन खुला गर्ने सूचना सार्वजनिक गरेको भए पनि सेराप त्यसअघि नै पाटन क्षेत्रतर्फ लागेका थिए।

हालसम्म बेपत्ता सेरापको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *