• जेष्ठ ४, २०८२
  • No Comment
  • 49

कृषिसमूह तथा कृषि सहकारी संस्था लाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र बितरण

सुर्खेत। सुर्खेतको चौकुनेगाउँपालिकाले उत्पादनमा वृद्धिसँगै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले चौकुनेगाउँपालिका भित्रका कृषि समुह , कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ ।चौकुने गाउँपालिका भित्रका १२ वटा कृषि समुह र कृषि सहकारीलाई अत्याधुनिक मिनी ट्रेलर वितरण गरिएको छ ।चौकुने गाउँपालिका कृषि शाखा प्रमुख लोकमणी जोशीले कृषि उत्पादन बढाई कृषिलाई व्यावसायिक बनाउन पालिका भित्रका कृषि समुह र कृषि सहकारीलाई मिनि ट्रेलर बितरण गरिएको बताउनुभयो ।

उहाँले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका कृषि सहकारीहरुको अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने कृषि सहकारीहरु छनोट गरेर यन्त्र उपलब्ध गराइएको बताउनुभयो । सो अवसरमा अनुदान पाएका कृषि सहकारीले यो सहयोगबाट कृषिलाई व्यावसायिक बनाउन ठूलो सहयोग पुग्ने जनाउँदै यसले उत्पादन पनि वृद्धि हुने विश्वास गरिएको छ । चौकुने गाउँपालिका वडा न -७ मा रहेको श्री सिद्धेश्र्वरी बालगृहमा अनाथ बालबालिकालाई कृषिमा आबद्ध गराउनको लागि चौकुने गाउँपालिका कृषि शाखाले कृषियन्त्र उपलब्ध गराएको बालगृहका ब्यवस्थापक देवानन्द धमालाले बताउनुभयो ।

चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेले ” दिगो र तिब्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यबसायिक कृषिमा लहर”” भन्ने मुल नारालाई आत्मसात गर्दै अधिकांश कृषि समुह र कृषि सहकारीलाई व्यावसायीकरण गर्न आधुनिक उपकरणले सो कामलाई सहज बनाउने बताउनुभयो उहाँले आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने पनि बताउनुभयो ।

४५ हजार मूल्य पर्ने मिनी ट्रेलरलाई अनुदानमा उपलब्ध गराउँदा कृषिसमूह तथा कृषि सहकारीलाई २२,५६४( बाईस हजार पाँचसय छ चौसठ्ठी ) मात्र परेको उहाँले जानकारी दिनु भएको छ। उहाँका अनुसार पछिल्लो समयमा किसानहरुले गाईगोरु पाल्न छाड्दै गएका छन् । जोत्नका लागि प्रयोग गरिने गोरु पाल्न छाडेपछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुने अवस्थामा पुगेका छन् । खेतबारी बाँझो हुन नदिन र किसानलाई खेतीपातीतिर उत्साहित गर्न चौकुने गाउँपालिकाले अनुदानमा मिनी ट्रेलर वितरण गरेको अध्यक्ष बासपानेले बताउनुभयो ।

एकातिर किसानले गाईगोरु पाल्न छाडेका र अर्कोतिर परम्परागतभन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र छिटो-छरितो हुने भएकाले कृषि समुह र।कृषि सहकारीको मागअनुसार मिनी ट्रेलर वितरण गरेको चौकुने गाउँपालिकाका कृषि शाखा प्रमुख लोकमणी जोशीले बताउनुभएको छ ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *