• जेष्ठ ४, २०८२
  • No Comment
  • 26

दैलेखमा प्रचण्डलाई दिईयो काँक्रो उपहार !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दैलेखमा काँक्रो उपहार दिईएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित जन अभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा एक जना किसानले उनलाई काँक्रो उपहार दिएका हुन् ।

किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएको उनको सचिवालयले जनाएको छ । खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका बताइएको छ । उनले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । माओवादी केन्द्रनिकट किसान संगठनमा काम गर्ने उनी डोकोमा काँक्रो लिएर प्रचण्डको स्वागतमा पुगेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *