- जेष्ठ ३, २०८२
- No Comment
- 172
चेतना विधा निकेतनद्धारा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

वीरेन्द्रनगर।चेतना विधा निकेतन स्कुलले निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका १२ स्थित चेतना विधा निकेतनले आफ्नो वार्षिक
क्यालेन्डर अनुसार २०८२ को नयाँ भर्ना भएका १५० विधार्थीहरुलाई स्वागत कार्यक्रम गर्नुका साथै निशुल्क स्वास्थ्य परिक्षण पनि गरेको हो । उक्त कार्यक्रम विधालयको आयोजना र लक्ष्मी केयरको समन्वयमा भएको विधालयका प्राधानाध्यापक हुमलाल भट्टराईले बताउनु भएको छ ।
कार्यक्रममा १० वर्ष मुनिका बालबालिका र अभिभावक हरुलाई बालरोग विशेषज्ञ डाक्टर त्रिभुवन भट्टराई तथा जनरल सर्जन डा. टेक खड्का बाट स्वास्थ्य परिक्षण गरिएको भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा अभिभावक र विधार्थीहरु गरि ३२० जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।