• जेष्ठ १, २०८२
  • No Comment
  • 33

बजेट ल्याउने मिति संशोधन गर्न निधिको प्रस्ताव

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका छन् । आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गर्न माग गरेका हुन् । उनले बजेटभन्दा गणतन्त्रको ओझ ठूलो भएको दाबी समेत गरे । “गणतन्त्र र बजेट दुइटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ । तुलना नै गर्न सकिँदैन,” उनले भने, “संविधानमै लेखिएकाले बाध्यता होला । संशोधन गरियोस् ।”

उनले संविधान संशोधन गर्ने दुई दलबीच सहमति नै भएको भन्दै बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका हुन् ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *