• जेष्ठ १, २०८२
  • No Comment
  • 39

लोडसेडिङ दैनिक बाह्र घण्टा

हिमाली जिल्ला हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक बाह्र घण्टा लोडसेडिङ हुने गरेको छ । उपभोक्ताको माग बढी र हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् कम भएको कारण लोडसेडिङ समय बढेको हो । सोबर्ण खाद्य उद्योगका सञ्चालक मुकुन्द रोकायाले लोड सेडिङ समय वृद्धि भएको कारण आफ्नो कुटानी पिसानी मिल समस्यामा परेको बताउनुभयो । उहाँले दैनिक बाह्र घण्टासम्म बिहानदेखि राती नौ बजेसम्म लोडसेडिङ हुँदै आएको बताउनुभयो । स्थानीयहरू दैनिक तेल पेल्न र अन्न पिस्न आउने भए पनि लोडसेडिङका कारण समयमा काम गर्न नपाउने उहाँले बताउनुभयो ।

बिस केजी जौ पिस्नका लागि एक दिन पालो कुरेर पिस्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले यसले गर्दा उद्योग नै धरापमा परेको बताउनुभयो । त्यसैगरी बढ्दो लोडसेडिङले प्रिन्टिङ प्रेस, फर्निचर उद्योग, इलेक्ट्रोनिक्सका व्यवसाय सबैलाई प्रभाव पारेको छ । केन्द्रका प्रमुख जितेन्द्र यादवले विद्युतको माग बढी र उत्पादन कम भएको कारण दैनिक लोडसेडिङ समय बढिरहेको बताउनुभयो । मुख्यगरी पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको कारण आयोजनाले क्षमता अनुसारको विद्युत् उत्पादन नहुँदा लोडसेडिङ समस्या भइरहेको उहाँले बताउनुभयो । हाल सदरमुकाम सिमकोटमा मात्र पिक समयमा सात सय किलोवाट माग हुने गरेको र अरू बेला चारदेखि पाँच सय किलोवाट विद्युतको माग हुने गरेको उहाँको भनाइ छ ।

राती दश बजेबाट बिहान छ बजेसम्म भने लोडसेडिङ हुने गरेको छैन । त्यसैगरी सिमकोट गाउँपालिकाका अन्य छ वटा वडा र खार्पुनाथ गाउँपालिकाका चार वटा वडामा गरी दुई सय किलोवाट विद्युतको माग रहेको बताउँदै उहाँले केन्द्रले जम्मा डेढ सय विद्युत उत्पादन गरिरहेको कारण लोडसेडिङ समय नबढाउनुको विकल्प केन्द्रसँग नभएको बताउनुभयो । पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता भएको केन्द्रले कहिल्यै पनि पूरा क्षमताको विद्युत् उत्पादन गर्न सकेको छैन । लोडसेडिङका कारण विद्युतसँग सम्बन्धित अन्य व्यवसाय मर्कामा परेका छन् भने वित्तीय कारोबार गर्ने निकायहरू कार्यालयमा सोलार जडान गर्न बाध्य हुँदै आएका छन् । हालसम्म हुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छैन ।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *