• जेष्ठ १, २०८२
  • No Comment
  • 92

शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते

कालिकोट। रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ । स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ । उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ। यस घटनाले एकातिर महिला जनप्रतिनिधिमाथि अझै पनि सार्वजनिक रूपमै हुने हिंसाको रूप देखाएको छ भने अर्कोतर्फ शिक्षक जस्तो शालीन र अनुशासित भनिने पेशामा कार्यरत व्यक्तिको व्यवहारबारे पनि गम्भीर बहस जन्माएको छ ।

वडा नं‍ ३ का वडाध्यक्ष राजेन्द्र योगीले भने, ‘यो केवल दुई व्यक्तिको विवाद होइन, शिक्षकजस्तो सम्मानित पेसाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना हो ।’ शिक्षकहरूको सामाजिक जिम्मेवारीबारे निरन्तर बहस भइरहेका बेला आएको यस घटनाले शिक्षण पेशा भित्रैको अनुशासन र मदिरा दुरुपयोगका विषयमा कठोर पुनरावलोकन आवश्यक देखिएको छ । विभिन्न संघसंस्था र नागरिक समाजले दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणको मापदण्ड कडा पार्नुपर्ने माग गरेका छन् ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *