• जेष्ठ १, २०८२
  • No Comment
  • 129

शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते

कालिकोट। रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ । स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ । उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ। यस घटनाले एकातिर महिला जनप्रतिनिधिमाथि अझै पनि सार्वजनिक रूपमै हुने हिंसाको रूप देखाएको छ भने अर्कोतर्फ शिक्षक जस्तो शालीन र अनुशासित भनिने पेशामा कार्यरत व्यक्तिको व्यवहारबारे पनि गम्भीर बहस जन्माएको छ ।

वडा नं‍ ३ का वडाध्यक्ष राजेन्द्र योगीले भने, ‘यो केवल दुई व्यक्तिको विवाद होइन, शिक्षकजस्तो सम्मानित पेसाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना हो ।’ शिक्षकहरूको सामाजिक जिम्मेवारीबारे निरन्तर बहस भइरहेका बेला आएको यस घटनाले शिक्षण पेशा भित्रैको अनुशासन र मदिरा दुरुपयोगका विषयमा कठोर पुनरावलोकन आवश्यक देखिएको छ । विभिन्न संघसंस्था र नागरिक समाजले दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणको मापदण्ड कडा पार्नुपर्ने माग गरेका छन् ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *