• बैशाख २७, २०८२
  • No Comment
  • 118

बाघले कानुन पढ्दैन : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बाघको संख्या पर्याप्त भइसकेको भन्दै अब अत्यधिक संख्या बढाउनु उचित नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाघलाई तस्बिरमा मात्रै हेरेर मूल्यांकन गर्न नहुने उल्लेख गरे। “बाघ सुन्दर देखिए पनि त्यसलाई बाँच्न आफ्नो क्षेत्र चाहिन्छ,” उनले भने, “अब पनि संख्या बढाउँदै गयौं भने उसलाई जमिन नपुग्न सक्छ।”

प्रधानमन्त्री ओलीले बाघ क्षेत्रपति जनावर भएकाले सीमाना तय गर्ने र त्यो सीमाना नपुगे आपसमा लडाइँ हुने बताए। उनले कटाक्ष गर्दै भने, “बाघले कानून पढेको हुँदैन, उसलाई मान्छे खान हुँदैन भनेर कसैले सिकाएको हुँदैन।”

वन क्षेत्रमा बस्ती विस्तार रोक्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जंगल बढाउन कठिन भए पनि सघन वन प्रणालीमा जोड दिनुपर्ने बताए। उनले बाघ संरक्षण आवश्यक भए पनि मानव सुरक्षासमेत ध्यान दिनुपर्ने धारणा राखे।

सम्बन्धित खबर

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

काठमाडौं । आयुर्वेदका अनुसार बेसार औषधीय गुणले भरिपूर्ण प्राकृतिक पदार्थ हो । विशेषगरी जाडो मौसममा यसको नियमित सेवनले स्वास्थ्यमा धेरै लाभ…
चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

सुर्खेत। चौकुने गाउँपालिका–१० स्थित घाटगाँऊ स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा…
कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक समिति गठन

कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक…

सुर्खेत। नेपाल डोरितान संघ कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय डोरितान टेक्निकल सेमिनार शनिबार सुर्खेतमा सम्पन्न भएको छ। विद्यालय तथा समुदाय तहमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *