• बैशाख २७, २०८२
  • No Comment
  • 112

कर्णाली नदीमा बेपत्ता दुई किशोरको खोजी गर्न गोताखोर परिचालन

सुर्खेत । कर्णाली नदीमा बेपत्ता भएका दुई किशोरको खोजीका लागि शसस्त्र प्रहरी बलका गोताखोर टोली परिचालन गरिएको छ। कालिकोट र दैलेख जिल्लामा शुक्रबार छुट्टाछुट्टै घटनामा बेपत्ता भएका किशोरहरूको खोजी शनिबारदेखि तीव्र पारिएको हो।

कालिकोटको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा नुहाउने क्रममा नरहरिनाथ गाउँपालिका–१ का १६ वर्षीय विराज बिष्ट बेपत्ता भएका थिए। उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी, सुर्खेतबाट पाँच सदस्यीय गोताखोर टोली घटनास्थलमा खटाइएको छ।

यसैगरी, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा अन्दाजी १६ वर्षीय भुवन सार्की बेपत्ता भएका छन्। उनको खोजी कार्य माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सुरक्षा बेस डावमा खटिएका शसस्त्र प्रहरी टोलीले खाेजि रहेको  प्रहरिले जनाएकाे छ ।

शुक्रबार घटेका दुबै घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीहरूको सहयोगमा खोजी कार्य जारी राखिएको भए पनि हालसम्म कुनै सफलता प्राप्त भएको छैन। प्रहरीले नदीको बहाव तेज भएकाले खोजीमा कठिनाइ भइरहेको जनाएको छ।

 

सम्बन्धित खबर

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

काठमाडौं । आयुर्वेदका अनुसार बेसार औषधीय गुणले भरिपूर्ण प्राकृतिक पदार्थ हो । विशेषगरी जाडो मौसममा यसको नियमित सेवनले स्वास्थ्यमा धेरै लाभ…
चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

सुर्खेत। चौकुने गाउँपालिका–१० स्थित घाटगाँऊ स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा…
कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक समिति गठन

कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक…

सुर्खेत। नेपाल डोरितान संघ कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय डोरितान टेक्निकल सेमिनार शनिबार सुर्खेतमा सम्पन्न भएको छ। विद्यालय तथा समुदाय तहमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *