• बैशाख २७, २०८२
  • No Comment
  • 104

वाईसीएल नेपालको कर्णाली प्रदेश सम्मेलन वैशाख २९ र ३० गते वीरेन्द्रनगरमा हुने

सुर्खेत । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन आगामी वैशाख २९ र ३० गते सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको वाईसीएलले शनिबार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीका अनुसार सम्मेलनको उद्घाटन कार्यक्रम वैशाख २९ गते दिउँसो १२ बजे पिपल चौतारामा हुने छ। उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको छ।

भण्डारीका अनुसार सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ७१८ वडास्तरका प्रतिनिधि, ९९ सदस्यीय सम्मेलन आयोजक समिति गरी कुल ८१७ जना प्रतिनिधिको सहभागिता रहनेछ। सम्मेलनको तयारी भव्य ढंगले भइरहेको उनले जानकारी दिइन्।

सम्मेलनमा वाईसीएल कर्णाली प्रदेश समिति नयाँ नेतृत्व चयन गरिनेछ। साथै, आगामी नीति तथा कार्यक्रम पारित गरिनुका साथै जेठ १७, १८ र १९ गते हुने वाईसीएल नेपाल केन्द्रको तेस्रो राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि तथा प्रवेक्षक छनोट गरिनेछ।

 

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *