- बैशाख २४, २०८२
- No Comment
- 15
४० लाख नगदसहित विशालबजारबाट २ हुन्डी कारोबारी पक्राउ

प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई
काठमाडौँ–२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन् ।
उनीहरूलाई काठमाडौँ महानगरपालिका–२४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।
उनीहरूको साथबाट ४० लाख ३२ हजार ५०० रुपैयाँ रकम बरामद भएको बोहराले बताए। ‘हुन्डी कारोबारका लागि रकम दुरुपयोग भइरहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ,’ बोहराले भने ।