• बैशाख १९, २०८२
  • No Comment
  • 142

वीरेन्द्रनगरमा रोकिएको भूमि समस्या समाधान प्रक्रिया सुरु हुने

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लामो समयदेखि रोकिएको भूमि सम्बन्धी समस्या समाधान प्रक्रिया  अघि बढाउने भएको छ। भूमि समस्या समाधान समितिअन्तर्गतको नगर सहजीकरण समितिले निर्णय गरेको  हाे ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार, अघिल्लो पटक भूमि आयोग विघटन भएपछि रोकिएको प्रक्रिया अब  सुरु गरिनेछ। उनले भनिन्, “बैठकले रोकिएको काम तत्काल अघि बढाउने निर्णय गरेको छ। हामीले वडाहरूलाई समेटेर क्रमशः प्रक्रिया अघि बढाउँछौं।”

ढकालले  पहिलाे चरणमा वडा नं. १ र २ मा नापजाँचको काम सुरु गरिने जानकारी दिइन्। उनले नगरपालिकालाई व्यवस्थित बनाउन भूमिसम्बन्धी समस्या समाधान प्राथमिकता रहेको बताउँदै भनिन्, “वीरेन्द्रनगरलाई व्यवस्थित बनाउने हाम्रो प्रतिबद्धता छ, त्यसअनुसार हामी अघि बढ्नेछौँ।”

यस निर्णयले लामो समयदेखि अनिश्चिततामा रहेका स्थानीय बासिन्दाहरूलाई आशा दिएको छ। भूमिको दर्ता, नापजाँच, स्वामित्वको स्पष्टता जस्ता विषयमा समाधान ल्याउने लक्ष्यसहित नगरपालिकाले प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *