• बैशाख १६, २०८२
  • No Comment
  • 127

चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध स्थापना

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले आपसी समन्वय र साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यले भगिनी सम्बन्ध स्थापना गरेका छन्। दुई पालिकाको सीमा क्षेत्र जोडिएको र सामाजिक, भौगोलिक तथा आर्थिक हिसाबले पनि आपसी सहकार्य आवश्यक भएकाले यस्तो सम्बन्ध गाँसिएको हो।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भगिनी सम्बन्धले स्थानीय पर्यटन विकासदेखि लिएर अन्य धेरै क्षेत्रमा सहकार्य गर्न सहज बनाउने बताए। “सीमा क्षेत्र एकआपसमा जोडिएको हुनाले अधिकांश काम संयुक्त रूपमा सञ्चालन गर्दा प्रभावकारी हुने विश्वासले यो सम्बन्ध स्थापित गरिएको हो,” उनले भने।

त्यस्तै, चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले दुई पालिकाबीच अनुभव आदानप्रदान र दीर्घकालीन विकास योजना मिलेर अघि बढाउने उल्लेख गरे। उनले भने, “भगिनी सम्बन्धले दुई पालिकाबीचको आपसी समझदारी, सद्भाव र सहकार्य अझै सुदृढ बनाउनेछ।”

दुवै पालिकाका प्रमुखहरूबीच १५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर यो सम्बन्ध औपचारिक रूपमा स्थापित गरिएको हो। नगरप्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले हस्ताक्षर समारोहबारे जानकारी दिँदै यस सहकार्यले स्थानीय स्तरमा विकास र व्यवस्थापनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

सहमति अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, जलविद्युत्, यातायात र पर्यटनजस्ता क्षेत्रमा दीर्घकालीन योजना बनाई सहकार्य गरिनेछ। त्यस्तै, संस्थागत सुदृढीकरण, असल अभ्यास र सफल अनुभवको आदानप्रदान, स्थानीय उत्पादन तथा बजार व्यवस्थापन र फोहरमैला व्यवस्थापनमा समेत साझा लगानी गरिनेछ।

सीमा विवाद समाधान, तिला नदीको संरक्षण, सवारी साधनको प्रयोगमा सहकार्य तथा मानव केन्द्रित स्थानीय शासन विकासका लागि समेत दुवै पालिकाले संयुक्त पहल गर्ने उल्लेख गरिएको छ।

भगिनी सम्बन्धको माध्यमबाट चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले आगामी दिनमा स्थानीय विकास र समृद्धिको यात्रालाई थप गति दिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *