• बैशाख १२, २०८२
  • No Comment
  • 140

सुर्खेतमा लागुऔषध (ब्राउन सुगर) सहित २ जना पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध सहित २ जना पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थितसनिहल लाइनमा लागुऔषधकाे काराेबार भइरहेको सुचनाका आधारमा सुर्खेत प्रहरी र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका- ११ निवासी २५ वर्षीय अनिल घर्ति मगर र बर्दिया वारबर्दिया नगरपालिका- ७ निवासी २७ वर्षीय दिलिप रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक विरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो ।

उपरिक्षक विश्वकर्माका अनुसार उनीहरुको साथबाट एक ग्राम दुई सय साठी मिलिग्राम (लागुऔषध ब्राउन) सुगर बरामद गरिएको छ । साथै उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *