• बैशाख ८, २०८२
  • No Comment
  • 19

कालीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

सुर्खेत। कालीकोटमा  एक ट्रयाक्टर दुर्घटना हुँदा  चालकसहित चार जनाको मृत्यु भएको छ।  गएराति करिब १२: १० बजे पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न तथा खुद्रा सामान बोकेर जाँदै गरेको ट्रयाक्टर पलाँता–२ बुडाडाँडा नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा ट्रयाक्टर चालक मुगु जिल्ला खत्याड गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय चन्द्र प्रकाश रोकाया, कालीकोटको पलाँता गाउँपालिका–४ का अन्दाजी २१ वर्षीय रविन्द्र विक, सोही स्थानकी ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २६ वर्षीया अम्बा शाही रहेको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

ट्रयाक्टरको ट्रली र इन्जिनको भाग सडकभन्दा करिब ५०० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ, जहाँ हालसम्म प्रहरी पुग्न सकेको छैन। मृतकहरूको शव भने सडकबाट करिब २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

घटना  सम्बन्धी  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *