• बैशाख ८, २०८२
  • No Comment
  • 112

कालीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

सुर्खेत। कालीकोटमा  एक ट्रयाक्टर दुर्घटना हुँदा  चालकसहित चार जनाको मृत्यु भएको छ।  गएराति करिब १२: १० बजे पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न तथा खुद्रा सामान बोकेर जाँदै गरेको ट्रयाक्टर पलाँता–२ बुडाडाँडा नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा ट्रयाक्टर चालक मुगु जिल्ला खत्याड गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय चन्द्र प्रकाश रोकाया, कालीकोटको पलाँता गाउँपालिका–४ का अन्दाजी २१ वर्षीय रविन्द्र विक, सोही स्थानकी ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २६ वर्षीया अम्बा शाही रहेको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

ट्रयाक्टरको ट्रली र इन्जिनको भाग सडकभन्दा करिब ५०० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ, जहाँ हालसम्म प्रहरी पुग्न सकेको छैन। मृतकहरूको शव भने सडकबाट करिब २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

घटना  सम्बन्धी  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

Online Gambling Enterprises That Approve PayPal Deposits

PayPal has actually become one of the most popular and relied on on-line repayment methods worldwide. This e-wallet service allows individuals…

Fortuna Casino: Analýza Tržního Hráče pro Český Hazardní Průmysl

Úvod: Fortuna Casino v Zorném Úhlu Analytika Pro analytiky v českém hazardním průmyslu představuje Fortuna Casino klíčového hráče, jehož výkonnost a…

OlyBet: Kompletní Průvodce Pro Zkušené Hráče v České Republice

Úvod: Proč by Vás OlyBet Měl Zajímati Pro pravidelné hráče v České republice je výběr online kasina klíčovým rozhodnutím, které ovlivňuje…

Leave a Reply

Your email address will not be published. Required fields are marked *