• बैशाख ८, २०८२
  • No Comment
  • 120

चेन्नईमाथि मुम्बई इण्डियन्सको शानदार जित

 काठमाडौँ । मुम्बई इण्डियन्सले आइपिएल २०२५ अन्तर्गतको एक रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई ९ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। आइतबार राति सम्पन्न खेलमा मुम्बईले चेन्नईद्वारा दिइएको १७७ रनको लक्ष्य केवल १५.४ ओभरमै पुरा गर्दै दवद्वार जित दर्ता गरेको हो।

 लक्ष्य पछ्याउँदै मुम्बई इण्डियन्सका स्टार ओपनर रोहित शर्माले अविजित ७६ रन प्रहार गरे भने सूर्यकुमार यादवले अविजित ६८ रन बनाएर टिमलाई सहज जितसम्म पुर्‍याए। उनीहरूबीचको सशक्त साझेदारीले मुम्बईलाई कुनै दबाब महसुस हुन दिएन। ओपनिङमा आएका रयान रिकेलटनले पनि २४ रनको योगदान दिएका थिए।

 यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। चेन्नईका लागि रविन्द्र जडेजाले ५३ रन, शिभम दुवेले ५० रन र आयुष महात्रेले ३२ रनको योगदान दिए। यद्यपि, मुम्बईका बलरहरूले कसी भएको बलिङ गर्दै चेन्नईलाई १८० भन्दा कममा रोक्न सफल भए।

 मुम्बईका लागि जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए। त्यसैगरी दीपक चहर, आश्विनी कुमार र मिचेल सान्टनरले एक–एक विकेट लिएर चेन्नईको रन गति नियन्त्रणमा राखे।

यो जितसँगै मुम्बई इण्डियन्सले ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। त्यस्तै, चेन्नई सुपर किंग्सले भने लगातार छैटौं हार बेहोर्दै ८ खेलमा मात्र ४ अंक जोड्न सफल भएको छ र अंक तालिकाको पुछारमा रहेको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *