- बैशाख ७, २०८२
- No Comment
- 27
वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट ५५ वर्षीय बुढाको मृत्यु

सुर्खेत । अाज विहान वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले बुढालाई ठक्कर दिएको हो ।
घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको विश्वकर्माले बताए। अहिले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिइएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।