- बैशाख २, २०८२
- No Comment
- 5
जाजरकोटमा फेरि भूकम्प: बिहान ४.४ म्याग्निच्युडको धक्का

जाजरकोट। जाजरकोटमा आज बिहान फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:५३ बजे जाजरकोटको पैंक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार यसअघि सोमबार राति पनि सोही क्षेत्र केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यस्तै, केही साताअघि जाजरकोटमा ५.२ र ५.५ म्याग्निच्युडका शक्तिशाली धक्का समेत महसुस गरिएको थियो।
साथै, भुकम्पकाे कारण क्षती विवरण अाउन बाँकि रहेकाे केन्द्रले जनाएकाे छ ।