• बैशाख १, २०८२
  • No Comment
  • 8

समृद्ध नेपालका लागि सकारात्मक सोच र साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् ।
नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले अनेकौँ कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’

सम्बन्धित खबर

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…
के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर निर्माण गर्न सकिन्छ ?

के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर…

काठमाडौँ ।जिम र फिटनेसको कुरा आउँदा, अक्सर एउटा प्रश्न उठ्छ कि अण्डा, कुखुरा वा मांसाहारी खाना बिना राम्रो मांसपेशी र शरीर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *