• बैशाख १, २०८२
  • No Comment
  • 79

नेपालले टस जितेर ओमानविरुद्ध बलिङ गर्दै 

काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ।

नेपालले यसअघि आइतबार सम्पन्न पहिलो खेलमा युएईमाथि डिएल पद्दति अनुसार ५ रनले जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। यता ओमानले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको ठुलो अन्तरले पराजय भोगेको थियो।

यस छनोट प्रतियोगितामा नेपाल, अफगानिस्तान, युएई, ओमान र हङकङ गरी पाँच टोली सहभागी छन्। राउन्ड–रोबिन आधारमा चलिरहेको प्रतियोगिताबाट शीर्ष स्थान हासिल गर्ने एक टोली मात्र सन् २०२६ मा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

आजै अर्को खेलमा तल्लो मुलपानी मैदानमा अफगानिस्तान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालले घरेलु मैदान र दर्शकहरूको साथमा विजयी लयलाई निरन्तरता दिँदै विश्वकप यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ। आजको खेल नेपालका लागि आत्मविश्वास बढाउने अवसर पनि हो।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *