• बैशाख १, २०८२
  • No Comment
  • 9

आजदेखि नववर्ष २०८२ प्रारम्भ  

काठमाडौं। आजदेखि विक्रम संवत् २०८२ सालको औपचारिक सुरुवात भएको छ। नयाँ वर्षको पहिलो दिन, देशभरका नेपालीहरूबीच शुभकामना आदान–प्रदान, भेटघाट, पूजा–आराधनाका साथ उत्साहपूर्वक मनाइँदैछ।

आजको दिनलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति पनि भनिन्छ, किनभने आज सूर्यले मीन राशिबाट यात्रा समाप्त गरी मेष राशिमा प्रवेश गर्छ। यही खगोलिय परिवर्तनसँगै नयाँ वर्ष सुरु हुने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष माधव भट्टराईका अनुसार, “विक्रम संवत् सूर्यको गति र स्थितिमा आधारित संवत् हो, जुन वैज्ञानिक रूपमा चल्ने संवत्का रूपमा मानिन्छ।” उनका अनुसार विक्रम संवत्मा शक संवत्का विशेषता र इस्वी संवत्का व्यवहारिक पक्ष समावेश गरिएको छ।

विद्वानहरूका अनुसार, सूर्य मेष राशिमा प्रवेश गर्दा नयाँ संवत्सर सुरु हुन्छ र मीन राशि छाड्दा पुरानो वर्ष समाप्त हुन्छ। विक्रम संवत् सौरमान र चान्द्रमानको समन्वयमा आधारित रहेको बताइन्छ। वैदिक सनातन धर्म अनुसार, कुल ६० संवत्सर घुम्ने प्रणालीअनुसार चल्छन्।

हाल सिद्धार्थी नामक संवत्सर चलिरहेको छ, जुन ६० संवत्सर मध्येको ५३ औं हो। चान्द्रमान अनुसार नयाँ संवत्सर चैत १७ गते (चैत्र शुक्ल प्रतिपदाका दिन) देखि नै सुरु भइसकेको नेपाल पञ्चाङ्ग समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

नयाँ वर्षका अवसरमा नेपालीहरू बिहानै उठेर स्नान गर्ने, घर-आँगन सफा गर्ने, मठ–मन्दिरमा गएर पूजा आराधना गर्ने परम्परा छ। साथै, आफन्त, इष्टमित्र र साथीभाइसँग भेटघाट गरी मिठा परिकारहरूको सेवन गर्दै शुभकामना आदान–प्रदान गरिन्छ।

नयाँ वर्षको सुरुवातलाई मानिसहरूले आफ्नो विगतको मूल्याङ्कन गर्दै नयाँ संकल्पसहित भविष्य योजनाको प्रारम्भिक बिन्दुका रूपमा पनि लिन्छन्। विगत वर्षमा भएका सफलता–असफलताको मूल्याङ्कन गर्दै नयाँ जोश र दृष्टिकोणसहित अगाडि बढ्ने समयका रूपमा यो दिनलाई लिइन्छ।

विश्वभर छरिएर रहेका नेपालीहरू पनि आजको दिनलाई नेपाली नववर्षका रूपमा हर्षोल्लासपूर्वक मनाउँछन्।

सम्बन्धित खबर

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…
के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर निर्माण गर्न सकिन्छ ?

के तपाईलाई थाहा छ ? शाकाहारी भोजनले जिम शरीर…

काठमाडौँ ।जिम र फिटनेसको कुरा आउँदा, अक्सर एउटा प्रश्न उठ्छ कि अण्डा, कुखुरा वा मांसाहारी खाना बिना राम्रो मांसपेशी र शरीर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *