• चैत्र २७, २०८१
  • No Comment
  • 82

एसिया छनोटको तालिका सार्वजनिक, नेपालले पहिलो खेल युएईसँग खेल्ने

काठमाडौँ — आगामी अन्डर–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मङ्गलवार एक सूचना जारी गर्दै चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त प्रतियोगिताको कार्यक्रम सारणी सार्वजनिक गरेको हो।

प्रतियोगितामा आयोजक नेपालसहित युएई, अफगानिस्तान, ओमान र हङकङ गरी पाँच देशको सहभागिता रहनेछ। खेलहरू काठमाडौँस्थित माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले आफ्नो पहिलो खेल चैत ३१ गते युएईविरुद्ध तल्लो मूलपानी मैदानमा खेल्नेछ।

यसैबीच, क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। टोलीमा अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपीनप्रसाद शर्मा रहेका छन्।

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन्। चैत ३१ गते ओमान र अफगानिस्तानबीच माथिल्लो मूलपानी मैदानमा उद्घाटन खेल हुनेछ। त्यही दिन तल्लो मैदानमा नेपाल र युएई आमनेसामने हुनेछन्।

यस्तै, वैशाख १ गते ओमान र नेपालबीच माथिल्लो मैदानमा खेल हुनेछ भने अफगानिस्तान र हङकङ तल्लो मैदानमा भिड्नेछन्। वैशाख ३ गते अफगानिस्तानले युएईसँग र हङकङले नेपालसँग खेल्नेछन्। वैशाख ४ गते युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने वैशाख ५ गते हङकङ र ओमान तथा वैशाख ६ गते नेपाल र अफगानिस्तान तथा युएई र हङकङबीच अन्तिम खेलहरू हुनेछन्।

प्रतियोगिताबाट विजेता टिमले आगामी यू-१९ विश्वकपमा स्थान बनाउनेछ। घरेलु मैदानमा खेल्ने मौका पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *