• चैत्र २७, २०८१
  • No Comment
  • 180

एसिया छनोटको तालिका सार्वजनिक, नेपालले पहिलो खेल युएईसँग खेल्ने

काठमाडौँ — आगामी अन्डर–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मङ्गलवार एक सूचना जारी गर्दै चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त प्रतियोगिताको कार्यक्रम सारणी सार्वजनिक गरेको हो।

प्रतियोगितामा आयोजक नेपालसहित युएई, अफगानिस्तान, ओमान र हङकङ गरी पाँच देशको सहभागिता रहनेछ। खेलहरू काठमाडौँस्थित माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले आफ्नो पहिलो खेल चैत ३१ गते युएईविरुद्ध तल्लो मूलपानी मैदानमा खेल्नेछ।

यसैबीच, क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। टोलीमा अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपीनप्रसाद शर्मा रहेका छन्।

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन्। चैत ३१ गते ओमान र अफगानिस्तानबीच माथिल्लो मूलपानी मैदानमा उद्घाटन खेल हुनेछ। त्यही दिन तल्लो मैदानमा नेपाल र युएई आमनेसामने हुनेछन्।

यस्तै, वैशाख १ गते ओमान र नेपालबीच माथिल्लो मैदानमा खेल हुनेछ भने अफगानिस्तान र हङकङ तल्लो मैदानमा भिड्नेछन्। वैशाख ३ गते अफगानिस्तानले युएईसँग र हङकङले नेपालसँग खेल्नेछन्। वैशाख ४ गते युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने वैशाख ५ गते हङकङ र ओमान तथा वैशाख ६ गते नेपाल र अफगानिस्तान तथा युएई र हङकङबीच अन्तिम खेलहरू हुनेछन्।

प्रतियोगिताबाट विजेता टिमले आगामी यू-१९ विश्वकपमा स्थान बनाउनेछ। घरेलु मैदानमा खेल्ने मौका पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *