• चैत्र २६, २०८१
  • No Comment
  • 101

आँबुखैरेनीभित्रका विद्यार्थीहरूको उपचार अब निःशुल्क

तनहुँ — आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयका विद्यार्थीको उपचार अब निःशुल्क गर्ने निर्णय गरेको छ। गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार, कुनै पनि विद्यार्थी बिरामी परेमा आँबुखैरेनी अस्पतालमा हुने सम्पूर्ण उपचार निःशुल्क हुनेछ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई यो सुविधा उपलब्ध हुने जानकारी दिएका छन्। उनले भने, “विद्यार्थीको हितमा गरिएको यो निर्णय अन्य अस्पतालमा लागू नहुनेछ।”

शिक्षा समितिको बैठकले पुनः भर्ना शुल्क र वार्षिक शुल्क नलिने निर्णय पनि गरेको छ। केही विद्यालयले भर्ना शुल्क असुली गरेको गुनासो आएपछि उक्त विषयमा पालिकाले चासो देखाएको अध्यक्ष चुमानले बताए। निजी विद्यालयका प्रतिनिधिसहितको बैठकबाटै यो निर्णय गरिएको हो।

स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्दै गाउँपालिकाले आँबुखैरेनी स्वास्थ्यचौकीलाई वि.सं. २०७९ मंसिर १ गतेदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरेको छ। उक्त अस्पतालले तनहुँको आँबुखैरेनीसँगै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना क्षेत्रका बासिन्दालाई सेवा दिइरहेको छ।

गाउँपालिका अहिले शिक्षा सुधार अभियान सञ्चालन गरिरहेको छ। अध्यक्ष चुमानका अनुसार, “हामी छ वडाका ३५ सामुदायिक विद्यालय सुधारका लागि योजनाबद्ध रूपमा अगाडि बढिरहेका छौं।” ती विद्यालयमा हाल करिब ५०० विद्यार्थी अध्ययनरत छन्।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *