• चैत्र २६, २०८१
  • No Comment
  • 39

आज देशभर जनआन्दोलन दिवस : विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनःस्थापनाको ऐतिहासिक क्षणको सम्झनामा आज देशभर जनआन्दोलन दिवस मनाइँदैछ। विसं २०४६ सालको चैत २६ गते ३० वर्षे पञ्चायती शासनको अन्त्य गर्दै नेपालमा बहुदलीय प्रजातान्त्रिक प्रणाली पुनःस्थापित भएको दिनका रूपमा यो दिवस मनाइन्छ।

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चासँग मिलेर सञ्चालित ५० दिने जनआन्दोलनले तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरेको थियो। सो आन्दोलन कांग्रेस नेता गणेशमान सिंहको अगुवाइमा विसं २०४६ फागुन ७ गतेदेखि सुरु भएको थियो, जसले अन्ततः चैत २६ गते निर्णायक रूप लिन पुग्यो।

त्यस दिन तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय प्रणाली पुनःस्थापनाको घोषणा गरेका थिए। सोही दिनदेखि नेपालमा दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय लोकतान्त्रिक शासन प्रणाली लागू गरिएको थियो।

यस ऐतिहासिक दिवसको अवसरमा हरेक वर्ष चैत २६ गते देशभर विविध कार्यक्रमहरू आयोजना गरिँदै आएको छ। यस वर्ष पनि राजनीतिक दलहरू, नागरिक समाज र विभिन्न संघसंस्थाहरूले र्‍याली, श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममार्फत जनआन्दोलनका सहिदहरूलाई स्मरण गर्दै लोकतन्त्रको मूल्य र महत्त्वबारे जनचेतना फैलाउने कार्य गरिने जनाइएको छ।

जनआन्दोलन दिवस नेपाली जनताको त्याग, बलिदान र संकल्पको प्रतीक हो, जसले देशलाई लोकतान्त्रिक यात्रातर्फ अघि बढाएको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *