काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादमाथि सात विकेटको सहज जित हात पारेको छ।
हिजो राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो। गुजरातका कप्तान शुभमन गिलले अविजित ६१ रनको उत्कृष्ट इनिङ खेलेर टोलीलाई जितसम्म पुर्याए।
पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएको थियो। हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए। गुजरातका मोहम्मद सिराजले घातक बलिङ गर्दै चार विकेट लिँदा, हैदराबादका मोहम्मद शमीले दुई विकेट लिए।
यो जितसँगै गुजरात टाइटन्सले आईपीएलमा लगातार तेस्रो जीत दर्ता गरेको छ। पहिलो खेलमा पञ्जाबसँग हार बेहोरेको गुजरातले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको छ। गुजरात हाल ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। समान अङ्क भए पनि राम्रो रनरेटका आधारमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ।
उता, हैदराबादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै प्रतियोगिता सुरुवात राम्रो गरेको भए पनि पछिल्ला चार खेलमा लगातार हार बेहोर्दै अङ्क तालिकाको पुछारमा पुगेको छ।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…