- चैत्र २४, २०८१
- No Comment
- 37
न्यूनतम तलब नपाएको भन्दै आवासीय चिकित्सकहरू सडकमा

काठमाडौं। नेपाल मेडिकल कलेज, जोरपाटीका आवासीय चिकित्सकहरू श्रम शोषणको विरोधमा आइतबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। सरकारले मन्त्रिपरिषद्धारा पारित गरेको न्यूनतम तलब ४८ हजार रूपैयाँ पाउनुपर्नेमा कलेजले मात्र १९ हजार ५०० तलब दिँदै श्रम शोषण गरेको उनीहरूको आरोप छ।
‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, ‘स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर’, ‘आवासीय चिकित्सकमाथि श्रम शोषण बन्द गर’ भन्ने प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।
चिकित्सकहरू सरकारले तोकेको न्यूनतम तलब कार्यान्वयनमा ल्याउन र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण तथा राजनीति अन्त्य गर्न माग गर्दै सडकमा उत्रिएका हुन्।