• चैत्र २३, २०८१
  • No Comment
  • 154

अछाममा मासु घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाम। अछाम जिल्लामा मासु घाँटीमा अड्किएर एक व्यक्तिको ज्यान गएको छ। साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चैतेदसैंको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा मासु घाँटीमा अड्किएपछि कुँवर बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटामा लगिएको थियो। तर, उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारीले जानकारी दिए।

उक्त घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *