- चैत्र २३, २०८१
- No Comment
- 74
अछाममा मासु घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाम। अछाम जिल्लामा मासु घाँटीमा अड्किएर एक व्यक्तिको ज्यान गएको छ। साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
चैतेदसैंको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा मासु घाँटीमा अड्किएपछि कुँवर बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटामा लगिएको थियो। तर, उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारीले जानकारी दिए।
उक्त घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।