• चैत्र २२, २०८१
  • No Comment
  • 141

सल्यानमा फोर्स गाडीबाट खस्दा १ जना सवारीको मृत्यु

सल्यान। सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका वडा न. ५ बस्ने २७ वर्षीय गणेश बुढा रहेको सल्लायन प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार छिन्चु जाजरकोट सडकको सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवा सङ्ग्रहि नजिकै बाङ्गिरामा नेपालगन्जबाट गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा बुढाको मृत्यु भएको हो ।

निरीक्षक खत्रीका अनुसार बुढाको गाडीको ढोकाबाट खस्दा टाउको,निधार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएका बुढालाई तत्काल उद्धार गरेर मेहलकुना अस्पताल लग्ने क्रममा बाटो मै मृत्यु भएको थियो ।

गाडी चालक सिम्ता गाउपालिका वडा न. ५ का ४३ वर्षीय जिवराज गिरी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरि कार्यलय देवस्थल सल्लीबजारमा राखिएको प्रहरिले  बताएका छन । शव पोस्टमार्टमका लागि अस्पतालमै लागि राखिएको र दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *