• चैत्र २२, २०८१
  • No Comment
  • 36

सल्यानमा फोर्स गाडीबाट खस्दा १ जना सवारीको मृत्यु

सल्यान। सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका वडा न. ५ बस्ने २७ वर्षीय गणेश बुढा रहेको सल्लायन प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार छिन्चु जाजरकोट सडकको सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवा सङ्ग्रहि नजिकै बाङ्गिरामा नेपालगन्जबाट गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा बुढाको मृत्यु भएको हो ।

निरीक्षक खत्रीका अनुसार बुढाको गाडीको ढोकाबाट खस्दा टाउको,निधार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएका बुढालाई तत्काल उद्धार गरेर मेहलकुना अस्पताल लग्ने क्रममा बाटो मै मृत्यु भएको थियो ।

गाडी चालक सिम्ता गाउपालिका वडा न. ५ का ४३ वर्षीय जिवराज गिरी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरि कार्यलय देवस्थल सल्लीबजारमा राखिएको प्रहरिले  बताएका छन । शव पोस्टमार्टमका लागि अस्पतालमै लागि राखिएको र दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *