- चैत्र २२, २०८१
- No Comment
- 85
स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा ललित बसेल चयन

सुर्खेत । कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च कर्णाली (एचजेएफ) कर्णाली को नयाँ नेतृत्व चयन गरिएको छ। ललित बसेल निर्विरोध रूपमा मञ्चको अध्यक्षमा चयन भएका छन्।
विहीबार सुर्खेतमा सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको हो। मञ्चको उपाध्यक्षमा तृप्ती शाही, महासचिवमा नन्दराम जैशी, सचिवमा भीम बहादुर रावल (रमेश), र कोषाध्यक्षमा गीता थापा चयन भएका छन्। त्यस्तै, देव बहादुर राना र टेकराज खत्री सदस्यमा निर्विरोध चयन भएका छन्।
निर्वाचित अध्यक्ष ललित बसेलले स्वास्थ्य क्षेत्रको सुधार र समस्याहरू समाधानमा सञ्चारको माध्यमबाट सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामीले खोजमूलक तथा सन्देशमूलक सामग्री प्रकाशन र प्रचारप्रसारलाई प्राथमिकता दिनेछौँ। कर्णालीका राम्रा कामको प्रचार गरी अन्य प्रदेशमा पनि सन्देश पुर्याउनेछौँ।”
नयाँ कार्यसमितिका पदाधिकारीहरूले पनि पत्रकारितामार्फत स्वास्थ्य क्षेत्रका गतिविधिमा गहिरो निगरानी राख्ने र तथ्यमा आधारित रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाएका छन्।