- चैत्र १८, २०८१
- No Comment
- 173
हुम्लामा ट्रकको ठक्करबाट ७२ वर्षाया वृद्धाको मृत्यु
हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका–४ दुल्ली गाउँमा मिनि ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। हुम्ला प्रहरीका अनुसार अाज विहान ११ बजेकाे समयमा ७२ वर्षीया नन्दकला थापाको घटनास्थलमै मृत्यु भएको हो।
भे १ ख ३४७३ नम्बरको ट्रक कच्ची सडकमा ढुङ्गा ओसार्ने क्रममा वृद्धालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर पाेखले लाईका खबरलाई जानकारी दिए । उपरिक्षक पाेखरेलका अनुसार केहरलपुर नगरपालिका -१४ बाँकेका ट्रक चालक दिनेश चदारालाई घटनापछि सर्केगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।
मृतकको शव, ट्रक र चालक प्रहरीको नियन्त्रणमा राखिएको छ भने घटनापछि सडक पूर्ण रूपमा बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।