• चैत्र १६, २०८१
  • No Comment
  • 33

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

भैरहवा – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि पाएकाे हो।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमै अलआउट भयो। आर्मीका लागि बसीर अहमदले सर्वाधिक ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए। पुलिसका करण केसी र सागर ढकालले समान ३-३ विकेट लिए।

१५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ओपनर कुशल भुर्तेलले ७० बलमा ६१ रन बनाए, जसमा ७ चौका र ३ छक्का सामेल थिए। अमित श्रेष्ठले ३९ रन तथा दिलीप नाथले अविजित ३१ रन बनाए।

प्रतियोगितामा सातै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बलका गरी १० टोलीले सहभागिता जनाएका थिए। यसपटक ४६ खेलहरू पहिलो पटक काठमाडौं बाहिर रूपन्देही, तिलोत्तमा र दाङका क्रिकेट मैदानमा आयोजना गरिएका थिए।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *