- चैत्र १६, २०८१
- No Comment
- 23
पत्रकारको हत्या र आमसञ्चार माध्यममाथिको आक्रमणविरुद्ध सुर्खेतमा विरोध

सुर्खेत । समाचार संकलनको क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममाथिको आक्रमणविरुद्ध गरिएको विरोधमा पत्रकारहरुले आन्दोलन गरेका छन । शुत्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलीभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीले आगो लगाएका थिए । रजकको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्यको विरोधमा आज नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले समेत शोक र सभाका सातै विरोध गरेको छ । आज पत्रकार महासंघको स्थापना दिवस पनि हो । तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले विरोध प्रदर्शन गरेको हो ।
नेपाल पत्रकार महासंघ सुर्खेतले विरोध र्याली सुर्खेत बजार परिक्रमा गदै पिपलचौतारमा कोडसभा गरेको छ । सभाले मृतक पत्रकार रजकको शोकमा मौनधारण लगायतको कार्यक्रम गरेको पत्रकार महासंघ सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले बताएका छन ।