• चैत्र १६, २०८१
  • No Comment
  • 59

प्रधानमन्त्री कप उपाधिका लागि आर्मी र पुलिस मैदानमा

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

सिद्धार्थ क्रिकेट रंगशालामा विहान ९ बजेदेखि फाइनल खेल सुरु हुनेछ । आर्मीको कप्तानी विनोद भण्डारीले गर्दै छन् भने पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी छन् ।

दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो ।

गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो ।

सन् २०१७ को पीएम कप फाइनलमा टाइ भएपछि यि दुवै टोलीले संयुक्त उपाधि जितेका थिए भने त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ ।

आर्मी २०१७ देखि हरेक संस्करणमा फाइनलमा पुग्दा चारपटक फाइनलमा पराजित भएको थियो भने एकपटक संयुक्त उपाधि र २०२१ मा एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।

पुलिस भने ३ पटक फाइनल पुग्दा तीनपटक नै उपाधि जितेको थियो । पुलिस उपाधि संख्या ४ पुर्‍याउन चाहनेछ भने आर्मी बराबरी गर्न चाहनेछ ।

आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।

 

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *